मा.वि.उरहरिमा सय बेडकाे क्वारेन्टाइन बन्ने
तुलसीपुर,७ जेठ ।
तुलसीपुर ११ मा रहकाे अमर माध्यमिक बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिने भएको छ । क्वारेन्टाइन निर्माणका लागि वडामा बुधवार भएको सर्बदलिय सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । बैठक वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षता तथा प्रदेश ५ का साम्सद शंकर गिरीको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । बैठकले क्वारेन्टाईन आगामी जेठ १२ गते सम्म निर्माण गरिसक्ने गरी कामलाई अघि बढाउने निर्णय गरेकाे छ ।
छलफलमा बिद्यालयका निमित्त प्रधानाध्यापक पदम बहादुर वली,नेकपाका लाेक जङ्ग शाह, नेकाका बाेधिलाल भण्डारी ,नगर प्रमुखकाे सचिवालय प्रमुख मान बहादुर रावत लगायतको सहभागिता थियाे ।
कोरोना भाईरस संक्रमणको माहामारी भईरहेको समयमा भारत तथा अन्तरजिल्लाबाट घर आएका नागरिकलाई उक्त क्वारेन्टाईनमा राखीनेछ । यसै बिच उक्त क्वारेन्टाइनमा लाग्ने सबै खर्च उपमहानगरले ब्यहाेर्ने नगर प्रमख घनश्याम पाण्डेले बताएका छन । सय बेडकाे क्वारेन्टाइन बनाउने र हाल बीस बेडकाे बनाउने गरि काम अघि बढाउन नगर प्रमुख पाण्डेले निर्देशन दिएकाेे नगर प्रमुखको सचिवालय प्रमुख मान बहादुर रावतले जानकारी दिएका छन । क्वारेन्टाइन निर्माणका लागि भाेलि विहान ११ बजे क्वारेन्टाइन ब्यबस्थापन समितिको बैठक बस्ने भएको छ ।
तपाईंको प्रतिक्रिया