रुकुम घटनाको विरोधमा तुलसीपुरमा अनशन

 जेठ १६, २०७७

तुलसीपुर,१६ जेठ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटनाको विरोधमा तुलसीपुरमा दलित अधिकारकर्मीहरु एक घण्टा अनसन बसेका छन् । जातिय विभेदकै कारण उक्त घटना घटेको भन्दै उनीहरुले दोषिलाई कडा कारवाही र पिडितलाई उचित न्यायका लागी दबाव स्वरुप आफुहरु एक घण्टा अनसनमा बसेको दलित अधिकारकर्मीको भनाई छ ।

सो अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले राज्यलाई दबाब दिनका लागी आफुहरु आन्दोलित हुनु परेको बताएका थिए । जातियताको आधारमा घटना हुनु अत्यन्तै दुखद कुरा भएको बताउदै अधिकारकर्मी विश्वकर्माले राज्यले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानुनी कठ्घरामा ल्याउनुपर्ने माग गरेका छन् ।

अर्का दलित अधिकारकर्मी निर्मल नेपालीले अन्र्तजातिय प्रेम सम्वन्धकै कारण दलित समुदायका व्यक्तिहरुको निर्मम हत्या गर्नु जघन्य अपराध भएको बताउदै यसको लागी राज्य गम्भिर हुनुपर्ने बताए । । तुलसीपुरको विपि चोकमा शुक्रवार विहान ८ बजेदेखी सुरु भएको अनसन ९ बजे सकिएको थियो । साथै शुक्रवार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी समेत गरिएको छ । घटनालाई राजनितिक आडमा नभई निश्पक्ष रुपमा छानविन गरि कारवाहीका लागि ज्ञापन पत्र बुझाउने दलित अधिकार कर्मि छवि परियारले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया