दाङमा थपिए १३ संक्रमित

 असार ०८, २०७७

तुलसीपुर,८ असार ।

दाङमा आज १३ जनामा कोरोना पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडाध्क्षलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २४ गते स्वाब संकलन गरिएको र आज १६ दिन पछि रिपोर्ट आउदा अध्यक्षलाई कोरोनाको संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरुमा घोराही २ का १७, २२ र ३८ बर्षका पुरुष, वडा नम्बर ३ का २३ र ३० बर्षका पुरुष, वडा नम्बर ६ का १६, १९, २३, २३, २५, ३२ र ३७ बर्षका एक महिला सहित ५ पुरुष र वडा नम्बर ५ का ३१ बर्षका एक पुरुषमा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ ।

यसैविच आज थप भएका १३ जना सँगै दाङमा संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।

तपाईंको प्रतिक्रिया