तुलसीपुरको बजेट २ अर्ब ३४ करोड ३७ लाख

 असार १०, २०७७

तुलसीपुर,१० असार ।
तुलसीपुर उपमहानरपालीकाले आगामि आर्थिक बर्ष २०७७/०७८ को लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ । कृषि,श्वास्थ्य र कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथकिमकता दिई बजेट ल्याईएको हो । दोघरे स्थित तुलसीपुर उद्योग बाणिज्य संघको सभा हलमा बजेट सार्वजनिक गरिएको छ ।

एक वडा एक ब्यावसायिक कृषि फर्म, ब्यावसायिक किसानहरुलाई आवस्यक अनुदान,बैदेशिक रोजगार , श्रम बैंकमा , एक घर एक रोजगारका लागि आवस्यक बजेट विनियोजन गरिएको छ ।
यस्तै, तुलसीपुर कोसेलि घर, ब्यवासायिक खेतीयोग्य सबै जमिनमा सिचाई पुर्याउन, पातुखोला , ग्वार खोलामा हाईड्याम निर्माण गर्न आवस्यक बजेट विनियोजन गरिएको छ ।

यस्तै,बजारका विभिन्न क्षेत्रमा फ्रि वाईफाइका लागि २ लाख,बजाको मुख्य भागमा डिजिटल डेस्क राख्नका लागि ६ लाख बजेट विनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया