दंगीशरणको बजेट ३९ करोड ९० लाख
दिप्तीशिखा चौधरी, दंगीशरण, १० असार ।
दाङको दंगीशरण गाउँपालकिाले आगामि आर्थीक बर्ष २०७७÷०७८ का लागि ३९ करोड ९० लाख १४ हजार ४ सय रुपैँयाको बजेट विनीयोजन गरेको छ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बुधबार संघिय सरकार बाट वित्तीय समानीकरण अनुदान अन्र्तगत ९ करोड ४७ लाख, सशर्त अनुदान अन्र्तगत १३ करोड ५३ लाख, राजश्व वाडफाड बाट ६ करोड ७० लाख ८५ हजार ४ सय रुपैँया बजेट विनीयोजन गरेकि हुन् ।
यस्तै प्रदेश सरकार बाट बित्तीय समानीकरण अनुदान ५० लाख ७९ हजार, प्रदेश सशर्त अनुदान अन्र्तगत १ करोड ४८ लाख ५० हजार, प्रदेश सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश राजश्व बाडफाड २९ लाख ५० हजार रकम विनीयोजन भएको छ ।
यस्तै आन्तरीक आए तर्फ ८० लाख रजिष्ट्रेशज शुल्कबाट १० लाख, अन्य तहबाट प्राप्त अनुदान ५ हजार अनुमान गरिएको छ भने चालु आर्थीक बर्ष बाट ६ करोड बचत हुने अनुमान गरिएको छ ।
उपाध्यक्ष खड्काले कोभिड १९ रोकथाम, कृषि, रोजगार, सिंचाई र विकाशका कार्यलाई प्राथमिक्तामा राखेर बजेट प्रश्तुत गरेको जानकारी दिईन् । पालीकाले कोरोना भाईरस तथा उपचार कोषका लागि ३० लाख रुपैँया छुट्याएको छ ।
तपाईंको प्रतिक्रिया