आज यी स्थानमा हुनेछ भारी वर्षा

 साउन १०, २०७७

तुलसीपुर,१० साउन ।

जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसमको पूर्वानुमान जारी गरेको छ । शनिवार देशभर मनसुनी वायुको प्रभाव परेकाले सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । यसका साथै साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया