दाङका एक सहित देशभर ५९४ संक्रमित थपिए

 साउन ३०, २०७७

तुलसीपुर,३० साउन ।
नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८३, ललितपुरका ३०, भक्तपुरका ६, सुनसरीका २४, मोरङका ६३, झापाका ९, सिराहाका ३, धनुषाका ५५, महोत्तरीका २४, सप्तरीका १४, सर्लाहीका १४, उदयपुरका १, बाराका २४, पर्साका ७१, नुवाकोटका १, सिन्धुपाल्चोकका १, बाजुराका १, धादिङका १, हुम्लाका १ र रौतहटका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै चितवनका १४, नवलपरासीका २, सिन्धुलीका ११, मकवानपुरका १८, दोलखाका १, कास्कीका १, लमजुङका १, पर्वतका १, स्याङजाका १, तनहुँका २२, रुपन्देहीका २, दाङका १, बाँकेका २२, बर्दियाका ५, रुपन्देहीका १२, कपिलवस्तुका ५, अछामका ६, कैलालीका ९, कञ्चनपुरका २, सल्यानका १, सुर्खेतका २१, दैलेखका ३ तथा बझाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमण निको भएर थप २४० जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ ।

तपाईंको प्रतिक्रिया