कालिकोट घटना: तुलसीपुरमा दलित युवा अभियानकाे खबरदारी

 साउन ३१, २०७७


नारायण बिश्वकर्मा, तुलसीपुर , ३१ साउन ।
कालिकोटमा दलित युवामाथि जातिय विभेद सहित भएको कुटपिटकाे घटना लाई लिएर तुलसीपुरका दलित अधिकारकर्मीहरुले खबरदारी गरेका छन । संयुक्त दलित युवा अभियानले आयोजना गरेको खबरदारी कार्यक्रममा डेढ सय युवायुवतीकाे सहभागिता रहेकाे थियाे । विभिन्न नारा लेखिएका प्ले कार्ड सहित र्‍याली तुलसीपुरको मदन आश्रीत चोक हुदै वि.पि. चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अभियानका संयोजक खेमराज विश्वकर्माको अध्यक्षतामा काेणसभालाई दलित नागरिक समाज दाङका संयोजक छवि परियार,दलित अधिकारकर्मी राधिका परियार लगायतकाले बोलेका थिए । उनिहरुले दलित माथिकाे विभेद स्विकार्य नहुने बताएका थिए । घटनाको निश्पक्ष छानबिन गरि दाेषि उपर कारवाहि नभए देशभरका दलित युवाहरू अान्दोलनमा चेतावनीसमेत दिएका थिए ।

अभियानका सह-संयोजक शेर बहादुर परियारले धन्यबाद व्यक्त गरेको कार्यक्रमकाे सहजीकरण सचिव उमेश परियारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया