चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि

 साउन ३२, २०७७

तुलसीपुर,३२ साउन ।
चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा हिजो राति अबेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एकजना बिरामीमा पनि सङ्क्रमण पाइएको छ । हिजो राति ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ जनाको रिपोर्ट भने नेगेटिभ अर्थात् कोरोना नभएको आएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ ज्ना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरू २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

सङ्क्रमित हुनेमा चिकित्सक र नर्सहरू समेत छन् । यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

तपाईंको प्रतिक्रिया