कोरोनाबाट थप ९ जनाको मृत्यु

 भदौ २०, २०७७

काठमाडौँ, २० भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र ६ पुरुष छन् ।

मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५ वर्षीय, महाेत्तरीका ७८ वर्षीय, काठमाडौँका ४१, ५९ र ४५ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।

तपाईंको प्रतिक्रिया