देउखुरीको कालाकाटेमा अनेरास्ववियूको रक्तदान कार्यक्रम सम्पन्न

 असोज ०९, २०७७

भालुवाङ।
विश्वभर फैलिएको कोभिड १९ र यसका कारण लामो समय लकडाउन भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा अनेरास्ववियू जिल्ला कमिटी दाङले देउखुरीको कालाकाटेे मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डाेर्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताएका छन् ।

अनेरास्ववियू दाङका जिल्ला सह–संयोजक सर्जन परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना आउन सक्ने बताएका छन् ।
उनले यस्तो अवस्थामा पनि अनेरास्ववियूले स्वास्थ्य मापदण्ड पुरागरि रक्तदान जस्तो पवित्र कार्य गरेकोमा प्रसन्नता व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा गढवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष बाबुराम अधिकारी , जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक मुक्तिप्रसाद शर्मा र अनेरास्ववियूका जिल्ला नेताहरु बिराज डिसि,खेमराज डिसि, संगीत अधिकारी लगातका वक्ताहरुले मन्तब्य व्यक्त गरेका थिए । रक्तदान शिविरमा ३० जना युवा विद्यार्थीले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र दाङले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपाने, रेडक्रसका जिल्ला सदस्य प्रमोद पौडेल, प्राविधिक ठाकुर पौडेल, भिमा डिसी, गोपीचन्द्र चौधरी, दिलिप चौधरी लगायतको प्राविधिक टिम खटिएको थियो ।

तपाईंको प्रतिक्रिया