तुलसीपुरमा बैंकका कर्मचारी सहित १४ जनामा कोरोना पुष्टि

 असोज ०९, २०७७

तुलसीपुर ।

तुलसीपुरमा १४ जना कोरोना संक्रमित थपिएका छन । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा १३ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पसर्न बिमल केसीले जानकारी दिएका छन । शंकास्पद ज्वरो लगायतका लक्षण देखिए पछि प्रतिष्ठानको फिबर क्लिनीकबाट उनिहरुको स्वाब लिइएको थियो ।

संक्रमित हुनेमा वर्डा नं 5 का पुरुष वर्ष 42 , 34, 25,29,28, जम्मा 5 जना वर्डा नं 6 का पुरुष वर्ष 43 1 जना वर्डा नं 8 का पुरुष वर्ष 33, 38 2 जना वर्डा नं 9 का पुरुष 20, 22 2 जना वर्डा नं 12 का पुरुष 32,43,र महिला 30 वर्ष 3 जना वर्डा नं 19 का पुरुष 28 1 जना रहेका छन ।


संक्रमित मध्य ग्लोवल आईएमई बैंकका ८ कर्मचारी रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन । अन्य संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका रहेका छन । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या २२२ जना पुगेको छ ।

सकृय कोरोना संक्रमित संख्या ५५ पुगेको छ भने हाल सम्म कोरोना मुक्त भयका संख्या १६७ जना रहेका छन ।

तपाईंको प्रतिक्रिया