कोइलाबास नाकाबाट अवैध हतियार बरामद

 कार्तिक ०८, २०७७

तुलसीपुर ।

भारतसँग सिमा जोडिएको दाङको कोइलाबास नाकाबाट एक नाल भरूवा बन्दुक सहित विभिन्न अवैध हात हतियारहरू सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका प्रमुख माधव प्रसाद ढुङगेलको कमान्डमा खटि गएको गस्ती टोलिले हतियार फेला पारेको हो । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा समुदायिक भालुखोला जंगल बोर्डर क्षेत्रबाट गस्ती टोलीलाई देख्नेबित्तिकै अवैध हतियार छोडेर एकजना भारततर्फ भागेका थिए ।

ती ब्यत्तिले छाडेको अवस्थामा लोड गरिएको एक नाल भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने २१ थान गोली, बारूध दुई डिब्बा, तिनवटा केप, खुकुरी एक थान र एक थान चक्कु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका प्रमुख ढुङगेलले जानकारी दिनुभयो ।

चार्डपर्वको बेला कुनै पनि अपराधी घटना घटाउने सक्ने वा जंगली वन्यजन्तुको अवैध चोरी सिकारी गर्ने मनसायले ती ब्यत्ति त्यहा आएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईंको प्रतिक्रिया