कोरोना संक्रमितलाई अस्पतालमै दसैँको टीका
तुलसीपुर ।
विजयादशमीको दिनमा सबैले आआफ्नो घरमा रमाइलो गरेर दसैँ मनाईरहेको बेला कोरोना संक्रमित भएर कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएकाहरुले पनि त्यही भित्रै टीका लगाएर दसैं मनाएका छन् ।
अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीको अघुवाईमा अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमितले दसैं टिका लगाएका हुन् । आफन्तसँग दसैं मनाउन नपाए पछि व्यवस्थापक ओलीले सबै संक्रमितलाई आफैले दसैंको टिका लगाइ दिएर शुभकामना आदान प्रदान गरेका हुन् ।
तपाईंको प्रतिक्रिया