कोरोनाका कारण थप २८ जनाको मृत्यु,३४५ जना आईसीयूमा
तुलसीपुर ।
नेपालभर गत २४ घन्टामा थप १९ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय १० पिसिआर परीक्षण गरिएकोमा ७ सय ७४ महिला र १३ सय ८९ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको बताउनुभयो ।
यस्तै गत २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९२ प्रतिशत हो । यस्तै गत २४ घन्टामा थप २८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ८९ पुगेको छ ।
यस्तै हाल नेपालभर ३ सय ४५ जना कोरोना सङ्क्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
तपाईंको प्रतिक्रिया