स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक: प्रधानमन्त्री
तुलसीपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने बताउनुभएको छ । तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने उहाँले बताउनुभयो । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘लोकतन्त्रको अपरिहार्य अङ्गका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्दछ ।
तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।’आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको दाबी गर्दै अब कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।
तपाईंको प्रतिक्रिया