अफिम सहित कुसारी पक्राउ

तुलसीपुर ।
रुकुम पश्चिममा अफिम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सानीभेरी गाँउपालिका वडा नं ६ कोट बस्ने ५३ बर्षका गोर्ख बहादुर कुसारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो कर्णालि प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले उनलाई पक्राउ गरेको हो ।
सानीभेरी गाउँपालीका वडा नम्बर ३ गरायला स्थित सडक बाटोमा शंकास्पद हिडिरहेका सुचनाको आधारमा खान तलासी गर्दा करिव २ किलो ७ सय ग्राम लागुऔषध अफिम फेला परेको हो । पक्राउ माथि थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
तपाईंको प्रतिक्रिया