तुलसीपुरका १५ स्थानमा सिसि क्यामरा जडान

 पुष ०४, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका कार्यालयले बजार क्षेत्रका विभिन्न स्थानमा सीसी क्यामरा जडान गरेको छ । बढ्दो अपराधिक गतिविधिहरुलाई न्युनिकरण गर्नका लागी भन्दै एक हप्ता अघि देखी बजार क्षेत्रमा सिसि क्यामरा जडानको काम सुरु भएको थियो । तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा २० ओटा सीसी क्यामरा जडान गर्ने लक्ष्य रहेकोमा हाल सम्म १५ ओटा जडान गरिएको उपमहानगरपालिकाका कम्प्यूटर ईन्जिनियर नृृपेन्द्र झाले जानकारी दिएका छन् । उनका अनुसार मानिसहरुको बढि चहलपहल हुने स्थानमा क्यामरा जडान गरिएको छ ।


बाँकी रहेका स्थानमा छिटै नै क्यामरा जडा हुने भएको छ । उनका अनुसार अहिले तुलसीपुर बजार क्षेत्रको बिरेन्द्र चोक,बी पी चोक,जेसिज चोक,बाहिनी चोक,ग लाईन,पातुखोला,स्टारलज,रौनियार मेडिकल नजिक,तुलसी बोर्डिङ चोक,सिद्धार्थ हार्डवेयर नजिक,खानेपानी संस्था नजिक,राप्ती प्रादेशिक अस्पताल ,विद्युत कार्यालय नजिक ,सुनिल स्टेशनरी,बसपार्क जाने आरोलो पिपल बोट नजिकै गरी १५ ओटा स्थानमा हाल सी.सी.क्यामरा जडान गरिएको हो ।

ती क्यामरा जडानका लागी तुलसीपुर उपमहानगरपालिकाले २० लाख ८३ हजार २ सय ९१ रुपैया खर्च गरेको कम्प्यूटर इन्जिनियर झाले जानकारी दिएका छन् । तुलसीपुर लाई सुरक्षित राख्न सीसी क्यामरा जडान गरिएको नगर प्रमुख घनश्याम पाण्डेले बताएका छन । अपराधिक गतिविधि बढ्दै गएको हुनाले अपराधिक गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सिसि क्यामरा जडानको कामलाई अघि सारीएको पाण्डेको भनाई छ ।

अब बजार क्षेत्रमा हुने कुनै पनि अपराधिक घटनाको अनुसन्धान गर्न सहज हुने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले बताएका छन् । बजार क्षेत्रमा जडान गरिएका सम्पुर्ण क्यामराको कन्ट्रोल कक्ष ईलाका प्रहरी कार्यालय तुलसीपुरमा रहनेछ । यो समाचार नन्दनी रोकाले आज राप्ती समाचारमा लेख्न्ुभएको छ ।

तपाईंको प्रतिक्रिया