विद्यालय कर्मचारी परीषद्ले आन्दोलन थाल्ने
तुलसीपुर ।
नेपाल विद्यालय कर्मचारी परीषद्ले आन्दोलन थाल्ने भएको छ । विद्यालयमा कार्यरत कर्मचारीको समस्या पुरा नहुदा आन्दोलन थाल्ने भएको हो । परीषद्को सुनसरीमा बसेको तेस्रो पुर्ण बैठकले आन्दोलनका सम्बन्धमा खाका तयार पारी अघि बढ्ने निर्णय गरेको हो । जसका लागि शान्तीनाथ योगीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
उक्त समितिले छिट्टै नै खाका तयार पारी केन्द्रीय समितिमा पठाउने र आन्दोलनको तय गरिने परीषद्का उपाध्यक्ष गोविन्द जिसीले जानकारी दिएका छन । यस्तै विभिन्न पेशाग संगठन संग कार्यगत एकताका लागि पनि समिति गठन गरिएको छ । जस्को संयोजकमा प्रदिप श्रेष्ठलाई चयन गरिएको छ । त्यसैगरी बैठकले परीषद्को विधान सशोंधन गर्न पनि समिती गठन गरेको छ । बैठक परीषद्का अध्यक्ष बहादुर खड्काको अध्यक्षतामा बसेको थियो । गंगा तिवारी, गंगा नेपाल लगायतले बाेलेका थिए । त्यस अवसरमा बोल्ने बक्ता तथा बैठक मा सहभागिहरुले अबको विकल्प अन्दोलन भएको कुरा बताएका थिए ।
बैठकको सहजिकरण महासचिव प्रदिप श्रेष्ठले गरेका थिए । न्युन तलवमा काम गर्नुपर्ने बाध्यता,उमेर विभिन्न कारण देखाउदै अवकास पाउनु लगायत विद्यालय कर्मचारीका माग हुन यी माग लामो समय सम्म सुनुवाई नहुदा देशभरका विद्यालय कर्मचारी समस्यामा रहेका छन ।
तपाईंको प्रतिक्रिया