प्रचण्ड–मावध पक्षले दोस्रो चरणको आन्दोलन गर्दै
काठमाडौं ।
प्रचण्ड–मावध नेपाल पक्षीय नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । उक्त समूहले आज आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्न लागेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेसले उक्त समूहलाई साथ नदिने भएपछि नयाँ तरिकाले कार्यक्रम घोषणा गर्ने तयारी भएको बताइएको छ ।
समूहका प्रवक्ता नारायणकाजी क्षेत्रको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी बनाएको छ ।अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका एक सदस्यले बताए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । विभाजित नेकपाको दुबै पक्षले आफू नै आधिकारिक भएको दावी गरिरहेका छन् ।
तपाईंको प्रतिक्रिया