पश्चिम दाङमा प्रचण्ड-माधव समुह पराजित

 पुष २२, २०७७

तुलसीपुर ।
पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ६ श्रीगाउँमा रहेको सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा नेकपा ओली र कांग्रेस समर्थित प्यानल विजयी भएको छ । जस अनुसार लिलाधर वली, कृष्णी खड्का, रिमा सुनाम र मोहन डाँगी निर्वाचित भएका हुन । उनिहरुले १८५ मत प्राप्त गरी विजयी भएका हुन ।

समितिको चार सदस्यमा भएको निर्वाचनमा दुई समुह बिच प्रतिष्पर्धा भएको हो । त्यसैगरी नेकपा प्रचण्ड माधब पक्षको समर्थन रहेको प्यानल १२२ मत ल्याई पराजति भएको छ । जसमा कृष्णबहादुर बुढाथोकी, टिकाबहादुर भण्डारी, भावना चौधरी, मेनका केसी उम्मेदवार बनेका थिए ।

अव निर्वाचित चार सदस्यबाटै थप दुई सदस्य मनोनित गरि विद्यालय व्यवस्थापन समितिलेको अध्यक्ष चयन हुनेछ । नेकपामा देखिएको विवादले छुट्टाछुट्टै भेला तथा प्रशिक्षण कार्यक्रम भएका बेला निर्वाचनमा समेत पहिलोपटक असर देखिएको छ ।

तपाईंको प्रतिक्रिया