बस र मोटरसाइकल ठोक्किदा थापाको मृत्यु
तुलसीपुर ।
बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दाङमा एक युवकको मृत्यु भएको छ । अर्का एक युवक गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल गयराती एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापाको मृत्यु भएको छ ।
यस्तै,सोही ठाउँ निवासी ३० वर्षिय तिलक थापा घाइते भएका छन । घाइतेलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।
तपाईंको प्रतिक्रिया