भोटे मेला सुरु

 फागुन २६, २०७७


तुलसीपुर ।

तुलसीपुर ७ कालाखोलामा बुधवार देखी भोटे मेला सुरु भएको छ । आगामी चैत २ गते सम्म सन्चालन हुने एतिहोसीक भोटे मेला २०७७ को लुम्बिनी प्रदेश सभा सदस्य तथा लेखा समितिका संयोजक डिल्ली बहादुर चौधरीले रानी केक काटेर उद्घाटन गर्नु भएको हो । तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना तथा रानीघाट युवा क्लवको सहआयोजना र तुलसीपुर ७ को वडा कार्यालयको संरक्षणमा मेला सन्चालन गरिएको हो ।

वडा अध्यक्ष टोप बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चौधरीले पर्यटन र प्रर्वद्धनका लागी मेलाले महत्व राख्ने बताएका थिए । ऐतिहासीक भोटेमेला तत्कालिन सशत्र द्धन्द्ध सुरु भएसंगै स्थगित भएको थियो । त्यसलाई फेरी निरन्तरता दिदै संस्कृतिलाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यका साथ गत वर्ष देखी मेला सन्चालन गरिएको वडा अध्यक्ष केसीले बताउनु भएको छ । मेलाको आकर्षकका रुपमा घोडालाई लिईएको छ ।

यस्तैगरी मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकार, बाल उद्यान, मनोरन्जन, राटे पिङ लगाएतका आर्कषक रहेका छन् । आज पहिलो दिन राष्ट्रिय लोक दोहारी गायक खड्ग बुढा र लिलाबती बुढा लगाएतका कलाकारले प्रस्तुती राखेका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी लगाएतले बोल्नु भएको थियो । रानीघाट युवा क्लवका सचिव डिल्लीराज भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सांस्कृतिक कार्यक्रम संयोजक दिपक कुमालले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया