कुलोमा डुबेर एक किशोरीको मृत्यु

तुलसीपुर ।
तुलसीपुरमा कुलोमा डुबेर एक किशोरीकोज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरी निवासी यम बहादुर बोहराकी १७ बर्षीय छोरी सृजना बोहरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज बिहान घरबाट नुहाउन हिडेकी बोहरा चिप्लिएर कुलोमा खसेकि थिईन ।
बिहान साढे ११ बजे तिर स्थानीयहरुले बोहरालाई कुलोमा लडेको देखेपछि परिवारलाई खवर गरेका थिए । उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
तपाईंको प्रतिक्रिया