सबै समस्याको जड केपी ओलीको अहंकार : नेपाल

 चैत ०४, २०७७

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए ।

ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै नेता नेपालले एक अर्का नेतालाई लडाउने भिडाउने काम गरेको आरोप पनि लगाए ।

तपाईंको प्रतिक्रिया