गुटहरूसँग अब कुनै सम्झौता र संवाद हुँदैन: ओली

 चैत ०७, २०७७

काठमाडौं ।

नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्ने सांसदहरूलाई स्पष्टिकरण सोध्ने भएको छ । संसदीय दलको शनिबार बसेको बैठकले माधव नेपाल लगायत गुटगत भेला र गतिविधि गर्ने सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । सो निर्णय भइरहदा माधव नेपाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे,जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार बैठकमा उपस्थित नहुनुको कारणसहितको पत्र बोकेर बालुवाटार पुगेका थिए ।

उनीहरूको पत्र बुझ्दै ओलीले कुनै गुटगत र सामूहिक रूपमा आएका प्रस्ताव स्वीकार नगरिने बताए । ओलीले भने- र सामूहिक रूपमा आएका प्रस्ताब स्वीकार गरिँदैन। व्यक्तिगत ढङ्गले आएर आफ्नो कुरा लिखित मौखिक रूपमा राख्नुस्, सबैलाई मौका दिन्छु । गुटहरूसँग अब कुनै सम्झौता र संवाद हुँदैन ।

तपाईंको प्रतिक्रिया