बलात्कार आरोपमा १५ वर्षीय किशोर पक्राउ

 चैत ०९, २०७७

स्याङ्जा ।

आँधीखोला गाउँपालिकाकी २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले सोही ठाउँका १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बोल्न, सुन्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोप ती किशोरमाथि छ । युवतीका आफन्तले दिएको जाहेरीमा ती किशोरले गत पुस ९ र १५ गते बलात्कार गरेको उल्लेख छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार युवतीको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो ।

पीडितले आइतबार प्रहरीमा जाहेरी दिएको उनले बताए । प्रहरीले सोही दिन किशोरलाई पक्राउ गरेको हो । जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया