वडाध्यक्ष बिक ओली समुहमा

 चैत १०, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ का वडाध्यक्ष विर बहादुर बिक ओली समुहमा गएका छन । यस अघि नेकपा हुदा माधव प्रचण्ड समुहमा रहेका उनि एमाले र माओवादी केन्द्र ब्यतिएसगै एमाले केपि शर्मा ओली पक्षतिर आएका हुन । उनि स्थानिय तहको निर्वाचनमा एमालेबाट नै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई एमालेको दाङ जिल्ला पार्टी कार्यालयमा नेता शोभाराम बस्नेत,अध्यक्ष हुकुम बस्नेत,सचिब मनोहर बुढाथोकीले स्वागत समेत गरेका छन ।

तपाईंको प्रतिक्रिया