लोक सेवाका पदाधिकारीको पदावधि सकियो

 चैत ११, २०७७

काठमाडौं ।

लोक सेवा आयोगका सबै पदाधिकारीको पदावधि सकिएपछि कामकाज रोकिएको छ । मंगलबार अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीको पदावधि सकिएको हो। अध्यक्ष मैलानीसँगै सदस्यहरु विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झाको कार्यकाल पूरा भएको हो। लोक सेवामा ६ वर्ष अघि सात जना पदाधिकारी नियुक्त भएका थिए। दुई जनाको यस अघि नै उमेरहदले अवकास पाएका थिए । बाँकी पाँच जनाको पनि मंगलबार पदावधि सकिएको हो ।

आयोगका पदाधिकारीको पदावधि सकिएसँगै कामाकाज रोकिएको छ । अब नयाँ विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायतका काम रोकिएका छन् । आयोगले यस अघि तय गरेका लिखित परीक्षा पनि रोकेको छ ।

तपाईंको प्रतिक्रिया