ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

 चैत ११, २०७७

घोराही ।
दाङमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्य हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी अन्दाजी वर्ष २८ का कलौ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार बिहान पौने ८ बजेको समयमा गोग्लीबाट घोराही तर्फ आउदै गरेका साइकल यात्री चौधरीलाई गोग्ली सिमेन्ट कम्पनीबाट सिमेन्ट लगेर घोराही तर्फ आउदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

साइकल यात्रीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरीले बताएको छ ।मृतको शवलाई पोष्टिमाटमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया