शान्तीनगरमा युवा संघको ५१ सदस्यीय कमिटी गठन

 चैत ११, २०७७

तुलसीपुर ।

नेकपा एमालेको भातृ संगठन युवा संघले कमिटि विस्तारलाई तिव्रता दिएको छ । माधव नेपाल समुहको उक्त संगठनले विभिन्न पालीकामा कमिटिलाई पुर्णता दिन थथालेको छ । यसैक्रममा पश्चिम दाङको शान्तीनगर गाँउपालीकामा कमिटिलाई पुर्णता दिएको छ । आज आयोजित युवा संघको भेलाले गणेश केसीको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरेको हो । जस्को उपाध्यक्षमा कुमार केसी र सचिवमा उद्धव शाहलाई चयन गरिएको छ ।

अध्यक्ष केसीको अध्यक्षता तथा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । भेलामा युवा संघका जिल्ला ईन्चार्ज हरीकला वाँठा,केन्द्रीय सदस्य मोहन भण्डारी,जिल्ला अध्यक्ष प्रेम बुढा,उपाध्यक्षहरु हरीष गिरी,जमिन राना,सचिव सनतोष वली लगायतले सम्बोधन गरेका थिए । त्यस अवसरमा बोल्ने बक्ताहरुले राजनितिक परीवर्तनमा युवाहरुको महत्वपुर्ण भुमिका रहने हुदा सहि गलत छुट्याएरर अघि बढ्नुपर्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया