चौधरी बिरुद्ध बलात्कारको उजुरी

 चैत १२, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी स्थित असहाय बाल विकाश नेपालका अध्यक्ष बिष्णु चौधरी बिरुद्ध बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेकाे छ । चौधरी बिरुद्ध अनाथालयमा बिगत ३ बर्षदेखि बस्दै आएकी जुम्लाकी एक १४ बर्षीया बालिकाले आफुलाई पटक÷पटक बालात्कार गरेको भन्दै प्रहरीमा बिहीवार जोहरी दिएको दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

ती बालिकाले आफुमाथि भएको बलात्कार बारे लिखित रुपमा जाहेरी दिएको एसपी चन्दले बताए । जाहेरी लगतै प्रहरी आरोपित चौधरीलाई पक्राउ गर्न घरमै पुगेपनि फेला पार्न नसकिएको एसपी चन्दले जानकारी दिए । उनी माअाेवादि केन्द्र निकट बिद्यार्थी सङ्गठनका नेता समेत हुन ।

तपाईंको प्रतिक्रिया