ब्राजिलमा एकैदिन २६ सयभन्दा धेरैको ज्यान गयाे

 चैत १३, २०७७

काठमाण्डाै ।

ब्राजिलमा एकैदिन झण्डै एक लाख जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् । गएको २४ घण्टामा ९७ हजार ५ सय ८६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । यसअघि बिहीवार ९० हजार ५ सय ६४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो । यस्तै, ब्राजिलमा गएको २४ घण्टामा २ हजार ६ सय ३९ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।

ब्राजिल विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीको दोस्रो स्थानमा छ । अमेरिकापछि कोरोना सङ्क्रमणको दर ब्राजिलमा सबैभन्दा धेरै छ । अहिलेसम्म ब्राजिलमा एक करोड ३२ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने तीन लाखभन्दा धेरैको ज्यान गएको छ । 

तपाईंको प्रतिक्रिया