ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

 चैत १३, २०७७

काठमाडौं ।

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा आवेदन दिएकाहरु मध्ये अधिकतम ५ लाख ९४ हजार आवेदकले गोला प्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । कुल १८ लाख ४२ हजार ४९३ जनाको आवेदन परेकोमा आवेदन दिनेमध्ये १२ लाख ३ हजार ८३३ जनाको हात खाली भएको छ ।

भने बाँकी रहेका ४४ हजार ६४५ जनाको आवेदन भने रद्द भएको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कम्पनीले फागुन २१ गतेबाट प्रति कित्ता एकसय रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो भने ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

आइपिओका नतिजा आइपिओ निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो सेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपिओ हेर्ने वेभसाइट https//Miporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया