रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

 चैत १३, २०७७

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। शुक्रबार राति साढे ८ बजे जोशीको निधन भएको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए।

५७ वर्षीय जोशीलाई ठिक एक महिना पहिले फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोही अस्पतालमा उनको उपचारका क्रममा ज्यान गएको हो।

संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर हुन्। २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा लागेका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालेका थिए।

तपाईंको प्रतिक्रिया