दाङमा यातायात सेवा ठप्प

तुलसीपुर ।
दाङका यातायात मजदुरहरुको बन्दका कारण यातायात सेवा ठप्प बनेको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प बनेका छन । यस अघि उनिहरुले आज देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका थिए ।
कोरोना माहामारीका कारण लामो समय सम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्नो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्प्रर्धाका कारण झनै समस्यामा परेको भन्दै आफुहरु आन्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताउनु भएको छ ।
यस अघि पनि तिन वटै मजदुर संघ संगठनहरुले आफना मागहरु कार्यन्वयन गर्नका लागि सम्वन्धित यातायात प्रालिका पदाधिकारी संग बारम्बार छलफल र बार्ता गरेपनि कुनै सुनुवाई नभएको हुदा आफु बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको हो । पहिलो चरण अन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए सम्पुर्ण यातायात क्षेत्र बन्द गर्ने उनीहरुको चेतावनी छ ।
तपाईंको प्रतिक्रिया