यसकारण दाङको यातायात सेवा सुचारु भो

तुलसीपुर ।
दाङमा अनिश्चितकालका लागि बन्द गरिएको यातायात सेवा सुचारु भएको छ । विभिन्न माग राख्दै आन्दोलित बनेका यातायात मजदुरहरुले आह्वान गरेको अनिश्चितकालिन सार्वजनिक यातायात आज दिउसो एक बजेबाट खुलेको हो । बन्दका कारण विहानै देखी ठप्प भएका थिए ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा मंगलवार विहान घोराहीमा आन्दोलन पक्ष, नेपाल यातायात महासंघ र जिल्लाका यातायात प्रालि तथा सरोकारवालाहरुको बैठकमा छलफल गरी पाँच बुद्धे सहमती भएपछि आन्दोलन स्थगित गरिएको हो । जिल्लाका तिन वटा मजदुर संगठनहरुले सहमती पछि आन्दोलन स्थगित गरेका छन् ।
बैठकले मजदुरहरुले उठाएको मागलाई सम्वोधन गदै पाँच बुद्धे सहमती १५ दिन भित्र कार्यन्वयन गर्ने निर्णय गरेको छ । मजदुरहरुले तलब भत्ता ग्योरेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यन्वयन हुनु पर्ने लगाएतका चार वटा माग राखेको थियो ।
सोहि आधारमा बसेको बैठकले यातायात प्रालिहरुले यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउने,सवै यातायात प्रालिहरुले सुरक्षा कोष ऐन २०७४ कार्यन्वयन गर्ने , गराउने, नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ र तिन वटै मजदुर टे«ड युनियन बिच भएको बैठकले गरेको निर्णय कार्यन्वय गर्ने, कोभिड १९को भ्याक्सिन यातायात मजदुरहरुलाई लगाउने प्राथमिकतामा राख्ने र यातायात क्षेत्रमा देखीएका समस्याहरु समाधान गर्न गठित समितिले १५ दिन भित्र सुझाव सहित प्रतिबेदन सम्बन्धित निकायमा पेश गर्ने निर्णय भएको मजदुर संगठनका अध्यक्ष केशव बहादुर भण्डारीले जानकारी दिनु भएको छ ।
तपाईंको प्रतिक्रिया