राष्ट्रिय जनगणनाको तयारी तीव्र

१८ चैत, काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।
समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्यांक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दैछ ।
तपाईंको प्रतिक्रिया