रुकुम पूर्वमा एक महिला मृत फेला

 चैत १८, २०७७

तुलसीपुर ।

रुकुम पूर्वमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटको चिरुङ निबासी ६५ बर्षकी तीला रोका आज दिउँसो साढे १ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमका सूचना अधिकारी दिपेन्द्र बानियाले जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिका स्थित तितेचौरमा मृत अबस्थामा फेला परेकी रोकाको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

तपाईंको प्रतिक्रिया