ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

 चैत १८, २०७७

तुलसीपुर ।

प्युठानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले बताएको छ । झिमरुक गाउपालिका वडा नम्बर ३ रोटेपानी स्थित मच्छिबाट बादिँकोट तर्फ जादै गरेको लु ३ त १०८३ नम्बरको ट्याक्टर मगंलबार बेलुका साढे ८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि सोहि गाउपालिका वडा नम्बर २ कमिरेपानी बस्ने वर्ष २९ का धविन्द्र सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवी प्रसाद गैरेले जानकारी दिनुभयो ।

उहाँलाई उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमा नै मुत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ३४ वर्षीय प्रेम सामतको बुटवलमा उपचार भईरहेको छ भने २० वर्षीय कृष्ण क्षेत्रीको जिल्ला अस्पताल प्युठानमा उपचारपछि डिस्चार्ज भईसकेको सुचना अधिकारी गैरेले बताउनुभयो । ट्याक्टरमा ४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया