पोखरेललाई दाहालको समर्थन

 चैत २०, २०७७

काठमाडौं ।

आसन्न पत्रकार महासंघको निर्वाचनमा अध्यक्षका लागि प्रेस युनियनबाट बागी उम्मेदवारी दिएका रामप्रसाद दाहालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । दाहालले प्रेस युनियन, प्रचण्ड–माधव नेपाल पक्षधर प्यानललगायत विभिन्न संगठनका संयुक्त उम्मेदवार विपुल पोखरेललाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएका हुन् ।

दाहालले उम्मेदवारी फिर्ताको घोषणा गरेसँगै महासंघमा अध्यक्ष पदका लागि पोखरेल, प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मा र स्वतन्त्र उम्मेदवार गजेन्द्र बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको छ । शर्मालाई समाजवादी पार्टी र विप्लव नेकपा निकट पत्रकार संगठनहरुसँग समर्थन छ ।

पत्रकार महासंघको चुनावमानेपाली कांग्रेस निकट पत्रकारको संगठन प्रेस युनियन, प्रचण्ड–माधव नेपाल पक्षधर पत्रकारका संगठन र एमालेनिकट प्रेस चौतारी प्यानलै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रेका छन् । पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन चैत २५ गते हुँदैछ ।

तपाईंको प्रतिक्रिया