बस दुर्घटना अपडेट : मृतक लमही र रुपन्देहीका

 चैत २०, २०७७

लमही ।
दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ,भने २८ जना घाइते भएका छन ।

शुक्रबार अपरान्ह करिब साढे ५ बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परेर लमही नगरपालिका वडा नं. ९ पैते निवासी सहचालक २९ बर्षीय अतिराम चौधरी र बुटवल स्थित सैनामैना नगरपालिका वडा नं. १ का यादव खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बस धनि कमल चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर पठाईएको छ ।

तपाईंको प्रतिक्रिया