नुहाउन गएकी बालिकाको डढेलोमा परेर मृत्यु

गुल्मी ।
घरबाट नुहाउन गएकी नौ वर्षीय संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ । धुर्कोट गाउँपालिका-७ की संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो करिब १ बजे जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
तपाईंको प्रतिक्रिया