विद्यालय कर्मचारीका अध्यक्ष खड्काको निधन
तुलसीपुर ।
नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय अध्यक्ष बहादुर खड्काको निधन भएको छ । उनकाे ६८ वर्षको उमेरमा उपचारको क्रममा आज निधन भएको हाे । यसैबिच, नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला समिति दाङले खड्काकाे निधन प्रति दुख ब्यक्त गरेको छ । जिल्ला अध्यक्ष गोविन्द घर्तिले एक शाेक बक्तव्य जारि हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गरेका छन । साथै खड्काकाे निधनले बिद्यालय कर्मचारीकाे लामाे समयदेखिकाे अान्दोलन लाई समेत क्षति पुगेकाे उल्लेख गरिएको छ ।
तपाईंको प्रतिक्रिया