दाङका १४ सहित देशभर २८८ जनामा कोरोना पुष्टि

 चैत २७, २०७७

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ ।

तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ । हाल देशभर २६१५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिक्रिया