आठजनाकाे मृत्यु,५५९ जनामा कोरोना संक्रमण
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभरि ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ५ हजार १ सय ५ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९६ र ७ सय २७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने १ सय ३८ जना भने संक्रमणमुक्त भएका छन् ।



तपाईंको प्रतिक्रिया