रेडियो कपुरकोट १२औं बर्षमा प्रबेश

 बैशाख ०४, २०७८

सल्यान ।

सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएम आज देखि १२ औं बर्षमा प्रबेश गरेको छ । रेडियोले आज एघारौँ वार्षिक उत्सव समेत मनाउदैछ । समाज रुपान्तरणका लागि सामुदायीक रेडियोको भुमिका विषयक अन्तरक्रिया संगै वृहत सांस्कृतीक कार्यक्रम गरेर वार्षिक उत्सव मनाउन लागिएको रेडियोका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारि दिएका छन् ।

आज विहान साढे ११ बजे वार्षिक उत्सव कार्यक्रमको उद्घाटन हुने छ । सांस्कृतीक प्रस्तुतीका लागि कलाकारहरु शक्ति चन्द, टिका सानु लगाएका कलाकार कपुरकोट आउँदैछन् । २०६६ सालमा स्थापना भएको रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धीत विभिन्न निकायहरु संगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ ।

रेडियो कार्यक्रमका अलावा सचेतनामूलक स्टेज नाटक तथा वहस जस्ता कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानमा संचालन गर्दै आइरहेको रेडियोले जनाएको छ । यसैविच रेडियोले वार्षिकउत्सव समारोहमा उपस्थीत भइदिनका लागी सम्पूर्णमा अनुरोध गरेको छ । जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारि संघसंस्था, विज्ञापनदाता, श्रोताहरु, लगायत सम्पूर्णमा उपस्थीतीका लागी रेडियोले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया