कोरोना संक्रमित महिलाको निधन

 बैशाख ०४, २०७८

दाङ ।

दाङमा थप एक कोरोना संक्रमित महिलाको निधन भएको छ । जिल्लाको घोराही ११ नारायणपुरकि ३७ बर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा निधन भएको हो । ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । यो संगै बाँके बाहेकका बाहिरी जिल्लाहरु बाट उपचारका लागि पुगेका ९४ जना संक्रमितको निधन भएको फोकल पर्सन वलीले बताएका छन । यस अघि गएको विहीवार तुलसीपुर ७ कि एक महिलाको निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया