दाङमा झण्डै चार लाख भारतिय रुपैया सहित एक जना पक्राउ

 बैशाख ०५, २०७८


तुलसीपुर ।

झण्डै चार लाख भारतिय रुपैया सहित एक जना दाङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्वर १ बस्ने लौकुश गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभएको छ । भारतिय रुपैया लुकाई छिपाई हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई घोराही १५ दामोदर चोक नजिकै आईतवार विहान पक्राउ परेको हो ।

उनको साथबाट तिन लाख पच्पन्न हजार रुपैया भारतिय रुपैया बरामद गरिएको छ । प्रहरी प्रवक्ता रिजालका अनुसार भारतिय नोट दुई हजारका एक सय वटा , पाँच सय दरका ३८६ वटा, २० दरका ३४ वटा र १० दरका १६२ वटा भारतिय नोट बरामद गरिएको हो ।

पक्राउ परेका गुप्ता विरुद्ध विदेशी मुद्रा विनियम कारोवार सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसनधान गरिने प्रहरीले बताएको छ । गुप्तालाई आबश्यक अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।

तपाईंको प्रतिक्रिया