स्वास्थ्य सेवाका लागि कपुरकोटमा प्रतिबद्धता

सल्यान ।
स्वास्थ्य क्षेत्रमा लैंगीक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहिकरणका लागि सल्यानको कपुरकोट गाउँपालिकामा चार बुदे प्रतिबद्धता गरिएको छ । गाउँपालिकाका जजनप्रतिनिधी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गाउँपालिकाको आयोजना र स्वास्थयका लागि सक्षम प्रणालीको सहयोगमा आइतबार आयोजना गरिएको एक दिने अभिमुखिकरण कार्यक्रममा प्रतिवद्धता जनाइएकोे स्वास्थ्य संयोजक अरुण दाहालले बताए ।
पालिकाभित्र हुन सक्ने कुनै पनि प्रकारको लैंगीक विभेद, र सामाजिक असमानता हटाउन सदैव प्रयत्नशिल रहने प्रतिवद्धतामा उल्लेख गरिएको छ । प्रतिबद्धता अनुसार गाउँपालिकाबाट निर्माण गरिने हरेक नीति, नियम, रणनीति र योजना तथा कार्यक्रमहरुमा लैंगीक समानता र सामाजिक समावेशीकरणलाई थप सुनिश्चीतता प्रदान गरिने छ ।
यस्तै स्वास्थय, सरसफाई तथा पोषण सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन गर्दा सेवा लिन नसकेका र वञ्चीतमा पर्न सक्ने वर्ग, जाती र क्षेत्रको पहिचान गरी समतामुलक पहुँचको सुनिश्चीतता गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समतामुलक स्वास्थ्य सेवा सुनिश्चीत गर्नका लागि विशेष ध्यान दिने उल्लेख गर्दै त्यसका लागि आवश्यक नीति तथा रणनीति तयार गरिने जनाए । यस्तै उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, वडा नं ५ का वडा अध्यक्ष यम कुमार वस्नेत लगाएतले मन्तव्य राखेका थिए ।
शंकर केसीले संचालन गरेको कार्यक्रममा प्रशिक्षक रमा भण्डारीले लैंगीक समानता, सामाजिक समावेशीकरण र स्वास्थय योजना तर्जुमा ब्यवस्थापन तथा सेवाहरुमा समता मुल प्रवाहिकरण विषयमा अभिमुखीकरण गरेकी थिइन् । सम्पूर्ण कार्यपालिका सदस्यहरु तथा स्वास्थय संस्थाका प्रमुखहरुको अभिमुखिकरण कार्यक्रममा सहभागीता थियो ।
तपाईंको प्रतिक्रिया